+
+

भोजपुरबाट विप्लवका नाममा पक्राउ पूर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते ३:२०

१६ फागुन, काठमाडौं । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो ।

त्यहाँका डिएसपी नरेन्द्रकुमार कार्कीले अनलाइनखबरसँग भने, ‘हामीले अदालतको आदेश पालना गरेका हौं ।’

विलप्वको घर शिवराज नगरपालिकामा पर्छ ।

यसैबीच, विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै सरकारले राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले चोरलाई चौतारा, साधुलाई सुली गर्ने हो भने जनअदालतमा रहेका मुद्दाहरु ब्यूताउँने र ओली र प्रचण्डकै घरमा वारेन्ट पूर्जी टास्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?