+
+

प्रधानमन्त्रीको सञ्चारविज्ञमा बजगाई र स्वकीय सचिवमा बज्राचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते १७:४७


२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा दुई सदस्य नियुक्त गरेका छन् ।

ओलीको सञ्चारविज्ञमा पत्रकार रामशरण बजगाई नियुक्त भएका छन् । त्यस्तै स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् ।

सञ्चारविज्ञ भनेर नियुक्त गरिएका बजगाई ‘चक्रपथ’का सम्पादक हुन् । करीव डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका बजगाईले काभ्रे जिल्लाबाट प्रकाशित हुने चेष्ट साप्ताहिकबाट शुरु गरेका थिए । उनले यसबीचमा नयाँ पत्रिका, सौर्य दैनिक लगायतमा काम गरे ।

त्यस्तै स्वकीय सचिवमा नियुक्त भएका राजेश बज्राचार्य ओलीको सचिवालयमा लामो समयदेखि कार्यरत छन् ।

उनी ओली यसअघि प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव थिए । प्रधानमन्त्रीले यसअघि प्रमुख सल्लाहकारमा एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाललाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?