+
+

पराजुलीविरुद्ध अवहेलना मुद्दा : सर्वोच्चले झिकायो कैफियत प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते १७:११


८ चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने नहुने विवादमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदन दर्ता नहुनुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

मनोज अधिकारीले पराजुली प्रधानन्यायाधीश रहँदा नै अदालतको अवहेलनामा मुद्दा हालेका थिए तर, सर्वोच्च प्रशासनले दरपीठ गर्‍यो ।

जन्ममिति विवादमा परेका पराजुलीले हालै अवकास पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?