+
+

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँः प्रधानमन्त्री

'भारतसँग जलमार्ग र रेलमार्गबारे कुरा गर्छुुु'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते २०:१७

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’

आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने उनले बताएका छन् ।

ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।

आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायत चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिए ।

अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको अहित हुने, शिर निहुरिने कुनै काम हुँदैन, गरिने छैन ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?