२४ चैत, धनगढी । गएराति परेको वर्षाले खेल मैदान हिलो भएपछि धनगढी प्रिमियर लिगको आजको पहिलो खेल स्थगित भएको छ ।
बिहान ९ बजेका लागि तय गरिएको खेलको समय केही बढाएर ११ बजे पुर्याइए पनि मौसममा सुधार नभएपछि स्थगित गरिएको आयोजकले जनाएका छन् ।
आजको पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवासी अत्तरियाबीच हुने तय भएको थियो । यी दुवै टिमले समान एक–एक अंक बाँढेका छन् ।
पहिलो खेल स्थगित भए पनि दोस्रो खेल भने अहिले दिउँसो १ बजे नै हुने आयोजकले जनाएका छन् । दोस्रो खेलमा साविक विजेता टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच प्रतिष्पर्धा हुनेछ । टिम चौराहा धनगढीका लागि आजको प्रतियोगिता जित्नैपर्ने दबाव छ ।
प्रतिक्रिया 4