+
+

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ओखरपौवामा तनाव

सडक अबरुद्ध हुँदा फोहर बोकेका करिब सय गाडी रोकिए

रासस रासस
२०७४ चैत २५ गते १०:३३


२५ चैत, नुवाकोट । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् ।

पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ ।

गएराति बा ५ ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौंबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन् ।

चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन् ।

शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?