+
+

‘नेपाल प्रदर्शन दिवस’ मा  ६७ हजार डलर हिनामिना भएको

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १०:४२

न्यूयोर्क । न्युयोर्कमा सन् २०१६ र सन् २०१७ मा सफलता पूर्वक सम्पन्न गरेको नेपाल चिनाउने नेपाल डे परेड (नेपाल प्रदर्शन दिवस ) २०१६ र २०१७ को हिसावकिताब हिनामिना भएको अारोप लागेको छ । न्युजर्सीबाट संचालित यूएसनेपाल अनलाइनले रकम हिनामिना भएको समाचा प्रकाशित गरेको छ ।

हिसाबकिताव हिनामिना तथा गडबड भएकोले नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले छापा विज्ञप्ति जारी गरेको छ ।

सन् २०१६ र सन् २०१७ मा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) र महासंघका १६ वटा संघ संस्थाहरुको समन्बय र संयोजनमा महासंघकै कर परिचय पत्र संख्या (ट्याक्स आईडी नम्बर ) प्रयोग गरी नेपाल डे परेड (नेपाल प्रदर्शन दिवस )का नाममा ६७ हजार ३८१ अमेरिकी डलर चन्दा सङ्कलन गरेको थियो ।

उक्त उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले पूर्व केही अधिकारीहरुलाई पटक पटक अनुरोध गर्दा बेवास्ता गरेको भन्दै यसबाट उत्पन्न कानुनि तथा अड्चन बारे सम्बन्धित व्यक्तिहरु जिम्मेबारी हुनु पर्ने ध्यानाकर्षण गरेको छ ।

महासंघले प्रेष-विज्ञप्ति जारी गरी बिगत दुई वर्षका नेपाल डे परेडहरुमा जस्तै महासंघले आफ्ना १६ संघीय परिषद सदस्य संगठनहरु र अन्य नेपाली संस्थाहरु सम्मिलित आयोजक समिति निर्माण गर्न शहर बैठक भेलाको तयारी गरिरहेकै बेला समाजका अगुवाहरुले नेपाल प्रदर्शन दिवस २०१८ को नाममा समाजिक सन्जाल र नेपाली समाजमा अवान्छित गतिबिधीहरु गरेको जानकारी भएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?