+
+

हप्ता नबित्दै विप्लवका कार्यकर्ताले फोडे उज्जनको शालिक

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १४:०७
फाइल फोटो

२९ चैत ओखलढुंगा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताले तोडफोड गरेर ढालेका हुन् ।

स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् । उज्जनको शालिक गत सोमबार अनावरण गरिएको थियो ।

जनयुद्धकालीन मुद्दा ब्युँताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले तोडफोड गर्नुपरेको नेकपाले जनाएको छ । शालिकको केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।

माओवादीद्वारा हत्या गरिएका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यही फैसलापछि हाल ढुंगेल डिल्लीबजार कारागारामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?