११ वैशाख, काठमाडौं । चुनावी हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आरोप प्रत्यारोपको श्रृङ्खला पट्यारलाग्दो भइसकेको थियो ।
एउटा समूह हारको सबै दोष पार्टी सभापति शेरबहादुर देउवामाथि थोपर्न लागिपरेको थियो भने अर्को समूह जसरी पनि देउवालाई बचाउने होडमा थियो ।
तर, मंगलबार गगन थापा, चन्द्र भण्डारीलगायतका युवा नेताहरुले ५१ पन्ने दस्तावेज पेश गरेपछि बल्ल ‘गहिरो बहस’ सुरु भएको नेता प्रदीप गिरीले बताएका छन् ।
के छ त प्रतिवेदनमा ? निर्वाचन समीक्षा र आगामी कार्यदिशा नाम दिइएको प्रतिवेदनमा चुनाव हार मात्र होइन, समग्र कांग्रेसकै समीक्षा गर्न खोजिएको छ ।
हामी कहाँ-कहाँ चुन्यौं ? भन्दै दस्तावेजमा २०४८ देखि २०७४ सम्मको समीक्षा गरिएको छ । यहाँ सरकार सञ्चालनको कमजोरीदेखि सामाजिक राजनीतिक सम्वाद टुटेको र आर्थिक नीति र पार्टी सञ्चालनमा देखिएको कमजोरीलाई केलाइएको छ ।
साथै विश्वभर कम्युनिष्ट लोप हुँदै गर्दा त्यही अवधिमा नेपालमा बढेको तथ्य प्रस्तुत गर्दै युवा नेताहरुले यस्तो किन भयो भन्ने उत्तर खोज्ने प्रयास गरेका छन् ।
कम्युनिष्ट बढ्नुको कारण केलाउँदै नेताहरुले भनेका छन्, ‘मैदान कांग्रेसको, खेल कम्युनिष्टको !
दस्तावेजमा भनिएको छ, ‘त्यसो भए कसरी त ? हामीले २०४८ देखि खेल मैदानको ठूलो हिस्सा खाली छोडेर सानो हिस्सामा सीमित भयौं । ७५ प्रतिशत कम्युनिष्टहरुलाई खुला छाडेपछि र हामी २५ प्रतिशतमा खेलमै रमाएपछि स्वभाविक रुपले चुनाव नजिता झन भन्दा झन् बढी हाम्रो प्रतिकुल हुँदै गयो ।’
कांग्रेसले खाली छाडेका मैदानहरुका रुपमा सरकारमा रहँदाको गलत तथ्यगत विश्लेषण, कम्युनिष्टहरुको पहिचान संकट र त्यसको जवाफ, समाजिक मुद्दाहरु, कांग्रेसको अपरिपक्व आर्थिक नीति र कार्यक्रम भनिएको छ ।
हामीले २०४८ देखि खेल मैदानको ठूलो हिस्सा खाली छोडेर सानो हिस्सामा सीमित भयौं । ७५ प्रतिशत कम्युनिष्टहरुलाई खुला छाडेपछि र हामी २५ प्रतिशतमा खेलमै रमाएपछि स्वभाविक रुपले चुनाव नजिता झन भन्दा झन् बढी हाम्रो प्रतिकुल हुँदै गयो ।’
‘२०४७ को संविधानले सुनिश्चित गरेको बहुदलीय व्यवस्थालाई कांग्रेसले आफ्नो वैचारिक संघर्षको अन्तिम विन्दुको रुपमा लिएको जस्तो आभास भयो । इतिहासको अन्त्य भनेको जस्तै गरी अब प्रजातन्त्र आयो ‘विचार, सिद्धान्त आदिमा सब गरेर सकियो, जस गर्छ सरकारले गर्छ भन्ने प्रवृत्ति कांग्रेसमो देखियो ।’
के त्यस्तै थियो त ? दस्तावेज प्रस्तुतकर्ता गगन थापा भन्छन्, ‘०४७ पछि यतिधेरै मुद्दा बाँकी रहेछ । दलितको मुद्दा, मधेसका मुद्दा । तर, हामीले सबै छाड्यो ।’
उनका अनुसार यो लिवरल डेमोक्रेटिक पार्टीले उठाउनुपर्ने मुद्दाहरु नै थिए र यदि समयमै कांग्रेसले यी मुद्दाहरु उठाएको भए कम्युनिष्टलाई एजेण्डा नै हुने थिएन ।
तर, कांग्रेसले नेपाली समाजलाई त्यसरी बुझ्न चाहेन । भीमबहादुर तामाङ र प्रदीप गिरीलगायतका नेताहरुले प्रवेश गराउने प्रयास गर्दा पनि सुनुवाइ भएन । यसले समाजको ठूलो तप्कासँग कांग्रेसको सम्बन्धविच्छेद भएको युवा नेताहरुको निश्कर्ष छ ।
‘०४८ मा आउँदा मेरो मात्र होइन, टोलका सबै युवाहरुको पहिलो रोजाइ कांग्रेस थियो । किनकी कांग्रेस एउटा आइडेन्टिटी थियो’ नेता गगन भन्छन्, ‘तर, अब आउने नयाँ भोटरहरुले कांग्रेस किन रोज्ने ? मधेसको भोटरले कांग्रेस किन रोज्ने ? एक जना दलित युवाले कांग्रेस किन रोज्ने ? वा काठमाडौंको सम्भ्रन्त भनिएका युवा, जसले मोर्डन पार्टी होस् भन्छ, उसले कांग्रेस किन रोज्ने ?’
कांग्रेसलाई पहिचानको संकट
युवा नेताहरुको निश्कर्ष छ, संसदीय व्यवस्थामा आएपछि पहिचानको संकट कम्युनिष्टहरुलाई हुनुपर्ने हो । तर, भइदियो उल्टो । नैतिक संकटलाई कम्युनिष्टहरुले वैचारिक बहस र सिद्धान्तमाथिको छलफलबाट सुरक्षित अवतरण गरे । एमालेले जनताको बहुदलीय जनवाद भयो, माओवादीले नयाँ नेपाल भन्यो ।
‘यसरी गरिएको सेफ ल्याण्डिङ कांग्रेस उभिएको वा उभिएकोजस्तो देखिएको सैद्धान्तिक धरातलमा आएर अडियो । यसले कांग्रेसको अस्तित्वको संकट निम्त्यायो ।’
दस्तावेजमा भनिएको छ, ‘०४८ र ०६३ पश्चातको समयमा कांग्रेस र कम्युनिष्ट पार्टीहरुको व्यवहार, विचार, भाषा र चरित्र सबै एउटै थियो । केवल नाम मात्र फरक ।’
अब आउने नयाँ भोटरहरुले कांग्रेस किन रोज्ने ? मधेसको भोटरले कांग्रेस किन रोज्ने ? एक जना दलित युवाले कांग्रेस किन रोज्ने ? वा काठमाडौंको सम्भ्रन्त भनिएका युवा, जसले मोर्डन पार्टी होस् भन्छ, उसले कांग्रेस किन रोज्ने ?’
कांग्रेसले एमाले र माओवादीलाई संसदीय धारमा ल्याएकोमा गर्व मात्र गरिरहृयो, तर, सकारात्मक ढंगले फरक देखाउन नसक्दा पहिचानको संकट आएको युवा नेताहरुको विश्लेषण छ । गगन भन्छन्, ‘यसले कांग्रेस किन चाहियो ? भन्ने प्रश्न जन्मायो । यो पहिचानको संकट हिजो पनि थियो, आज पनि छ । त्यसैले महासमितिबाट आउँदा कांग्रेस हो के ? भन्ने जवाफ चाहिन्छ ।’
नभए कांग्रेस भएन भने के हुन्छ त ? भन्ने प्रश्न आउँछ । नेताहरुले भन्लान्, लोकतन्त्र खतरामा पर्छ । गगन थापा भन्छन्, ‘यो त हामीले भनेको हो । मानिसहरुले मान्छन् त ? उनीहरुका लागि त एमाले पनि हामी जस्तै डेमोक्रेटिक पार्टी हो ।’
युवा नेताहरुले दस्तावेजमा अबको विकास शीघ्र महाधिवेशन भएको पनि बताएका छन् । नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संसोधित विधान परित गरी शीघ्र महाधिवेशमा जानुपर्छ ।’
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतिर लाग्न पनि आग्रह गरेका छन् ।
दस्तावेजमा भनिएको छ, ‘अब कम्युनिष्ट गठनबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं कि सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने छौं ।’
प्रतिक्रिया 4