+
+

तेस्रो त्रैमास रिपोर्टः नबिल बैंकको नाफा बढ्दा प्रभुको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १६:५६


१४ वैशाख, काठमाडौं । नबिल बैंकले आफ्नो नाफा ४.३१ प्रतिशतले वृद्धि गरेको छ । हालै मात्रै सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा २ अर्ब ७९ करोड ९३ लाख कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले २ अर्ब ६८ करोड नाफा कमाएको थियो ।

शुक्रबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा केहि बढेको देखिन्छ । गत वर्ष ०.९७ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यो बढेर १.०७ प्रतिशत पुगेको छ ।

प्रभु बैंकको नाफा भने गत वर्षको तुलनामा यसपाली घटेको देखिन्छ । गत वर्षको चैत मसान्तसम्ममा १ अर्ब ४४ करोड मुनाफा कमाएकोमा यसपाली यस्तो नाफा ४०.०३ प्रतिशतले घटेर ८६ करोड ७१ लाखमा सिमित भएको छ ।

तर बैंकको निष्क्रिय कर्जाको कर्जाको अनुपात भने गत वर्षको तुलनामा घटेको देखिन्छ । गत वर्ष यस्तो कर्जा ४.१२ प्रतिशत रहेकोमा यसपाली ३.९० प्रतिशतमा सीमित भएको छ । केहि वर्ष अघि सम्म उच्च निष्क्रिय कर्जा रहेको यो बैंकमा पछिल्लो समय यस्तो कर्जाको अनुपात घट्दै गएको छ ।

सिभिल बैंकले भने आफ्नो नाफामा १ सय २६ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत मसान्त सम्ममा १५ करोड कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो नाफा ३५ करोड माथि पुगेको छ । साथै बैंकको खराब कर्जाको अनुपात पनि गत वर्षको तुलनामा ४.६६ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा सीमित भएको छ ।

नेपाल बंगलादेश बैंकको नाफा भने १४.१८ प्रतिशतले घटेको छ । गत वर्ष चैत मसान्तसम्ममा ८२ करोड ७६ लाख मुनाफा कमाएकोमा समीक्षा अवधिमा यस्तो नाफा ७१ करोडमा सिमित भएको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकहरुका नाफा विवरण

 

 

बैंक गत आर्थिक वर्षको चैतसम्ममा बैकको मुनाफा (हजारमा) चालु  आर्थिक वर्षको चैतसम्ममा बैकको मुनाफा (हजारमा)
नेपाल इन्भेष्टमेन्ट बैंक २३,७७,७०० २८,३८,४४७
नेपाल बैंक २५,१५,८५२ २५,६७,७२८
एभेरष्ट बैंक  १५,२५,८८२ १८,०३,४८१
हिमालय बैंक  १५,३५,१५१ १६,११,८०२
स्टायण्डर्ड चार्टड बैंक  १०,६४,२८७ १५,०९,६३६
ग्लोबल आइएमई बैंक  १४,७६,०७९ १४,४४,७५२
 एनएमबी बैंक  ११,४३,५८९ १४,१०,०१५
नेपाल एसबआई बैंक   ११,०४,४०० १३,७९,७८५
प्राइम बैंक   ८,८२,९६१ १२,५८,५७५
सिद्धार्थ बैंक  ९,५७,०१४ १२,२५,१९३
सानीमा बैंक   ९,४६,९१७ १,२०,५६,८०
सिटिजन्स बैंक  ८,८२,८५५ १०,०९,८८६
सनराइज बैंक ८,५७,९३१  ९,४२,१२०
बैंक अफ काठमाण्डु  ८,८६,७१२  ९,३०,५७४
एनआइसी बैंक  ११,३८,४०१  ९,२७,६३५
लक्ष्मी बैंक  ५,६९,०९९ ८,०२,६३३
सेञ्चुरी बैंक   ३,१०,९४१ ६,३०,०५०
जनता बैंक  ३,८१,८९१ ५,७५,७३३
नबिल बैंक २६,८३,७४० २७,९९,३५४
प्रभु बैंक १४,४५,८६० ८,६७,१२४
कुमारी बैंक ३,७५,८९७ ७,०५,६७६
सिभिल बैंक १,५४,४४७ ३,५०,०५४
माछापुच्छ्रे बैंक १०,०५,१५२ ८,१५,०९६
नेपाल बगलादेश बैंक ७,१०,३४१ ८,२७,६६८

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?