+
+

चन्द्र भण्डारीको प्रश्नः लेनिन खोज्दै हिँड्ने कि विकास गर्ने ?

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७५ वैशाख १५ गते १७:४०

१५ वैशाख, बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

विकासका लागि सबै दल एक भएर उभिनुपर्ने उनले बताए । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना पुरा गर्न सबैको सहकार्य हुनुपर्ने बताए ।

राजनीति भोट हाल्ने बेलामात्रै गर्न उनले आग्रह गरे । नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएको भन्दै उनले अनाबश्यक रुपमा राजनीति नगर्न नागरिकलार्इ आग्रह समेत गरे ।

‘यहाँ त मार्क्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन्, लेनिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ,’ कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेनिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ?’

लेनिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदन भण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब पो समाज रुपान्तरण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?