+
+

फुजेरामा नयाँ वर्ष बिशेश सांगीतिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते ११:२०

२९ अप्रील, फुजेरा ।  यूएईको पहाडी इमिरेट्स फुजेरामा नेपाली नयाँ वर्षको उपलक्षमा विशेष सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

२७ अप्रीलमा यहाँको नवनिर्मित सरकारी मिडिया हलमा आयोजना भएको कार्यक्रम फुजेरामा क्रियाशील आठ सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा नेपाली  सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसी र नायक सलोन बस्नेतको उपस्थिति थियो ।

गायक परिवारले आफ्ना बहुचर्चित गीतका साथमा नयाँ गीतहरु प्रस्तुत गरेर फुजेरामा उपस्थित दर्शकहरुलाई  भरपुर मनोरञ्जन दिएका थिए । गायक परिवारको गितमा उत्साहित हुँदै दर्शकहरुले हुटिङसँगै नाचेर र गाएर साथ दिएका थिए ।

नायक सलोन बस्नेतको उपस्थितिलाई पनि  फुजेराका नेपालीहरुले निकै महत्त्व दिदै फोटोसेसन गरेका थिए ।  लोकदोहोरी गायिका पूर्णकला बिसिले पनि आफ्ना लोकप्रिय गितहरु गाएर मनोरञ्जन प्रदान गरेकी थिइन्।

लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभइ रहेको परिप्रेक्ष्यमा शिव परियार लगायतका कलाकारको उपस्थितिमा आयोजित कार्यक्रम फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु र सामाजिक अभियन्ताहरु एकै मञ्चमा उभिएर प्रवासी भूमिमा एकता, सहयोग र सहकार्यको भावनालाई  उदाहरणकाका रुपमा प्रस्तुत गरेका छन् ।

फुजेरामा रहेको नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र सह-प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् ।

यसैगरि कुक कनेट रेस्टुरेन्ट अजमान, काठमाडौं दरवार रेस्टुरेन्ट अजमान, अन्नपूर्ण ट्राभल अलएन, एभरेस्ट रेस्टुरेन्ट एन्ड गृल बार बर दुबई, जिडिसि ग्रुप अफ कम्पनी दुबई, रोयल डिस्कभरि स्पोर्ट्स एलएलसि दुबई, हिमाल रेमिट,युएई एक्सचेञ्ज,  सेन्चुरी रेमिट, सिटि  एक्स्प्रेस रेमिटेन्स, तेवर फेसन नेपाली टेलर्स वर दुबई, याच इन्टरनेटरनेसनल, हट सिक्स इनर्जी, केबिएस इन्टरनेटरनेसनल लगायतका व्यावसायिक संस्थाहरुले सहप्रायोजन गरेका थिए ।

फुजेराको नेपाली समुदायमा जिम्मेवार सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रम उदाहरणीय, सफल र पूर्ण मनोरञ्जनात्मक भएको दाबी आयोजकको छ ।

संयुक्त कार्यक्रमलाई सफल बनाउन र हर्ष र उल्लासमय वातावरणमा सबै संस्थाहरु मिलेर अगाडि जानुलाई नेपाली नयाँ वर्ष २०७५ को एक उदाहरणीय प्रयास मानिएको कार्यक्रममा अतिथिका रूपमा सहभागी झापाली समाज यूएईका केन्द्रीय अध्यक्ष अशोक चापागाईंले बताए ।

आयोजक समितिका संयोजक उत्तम थापाको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ उपस्थित भएर फुजेरामा रहेका नेपाली संस्थाहरुको एकता र सहकार्यलाई उदाहरणका रुपमा लिनुपर्ने र यो एकता लामो समयसम्म रहोस् भनी नयाँ वर्षको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपालबाट सामुदायिक प्रहरी सल्लाहकार समाजका दिपक खाड, एनआरएन आइसिसी आमन्त्रित सदस्य मनोज गोर्खाली, नेपाल सोसियल क्लब युएईका अध्यक्ष शालिक सुवेदी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, प्रवासी मञ्च यूएईका सल्लाहकार प्रकाश कोइराला, जन सम्पर्क समिति सारजहाका अध्यक्ष शिव चालिसे, झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईं, स्याङ्जा सहयोग समाजका महासचिव ओमकार पोखरेल, पाल्पाली समाज युएईका वरिष्ठ उपाध्यक्ष ओमकुमारी खाड, बिश्वकर्मा समाजका अध्यक्ष बाबुराम विश्वकर्मा, इनासका महासचिव राम तामाङ, ठकुरी सहयोग संजालका अध्यक्ष भिमबहादुर मल्ल, नेपाली कलाकार समुहका नरेस सापकोटा लगायतका युएईमा कृयाशिल सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको अतिथिका रूपमा आमन्त्रित थिए ।

यूएईको सामाजिक गतिविधिमा उल्लेख योगदान गरेको कदर स्वरुप सामाजिक अभियन्ता शालिक सुवेदीलाई सम्मान पत्र र दोसल्लाका साथमा सम्मान गरियो ।

कार्यक्रमलाई सफल बनाउन विशेष योगदान गरेका बहुआयामिक व्याक्तित्व दिपक खाडलाई पनि सम्मान गरिएको थियो ।

त्यसरी नै यस कार्यक्रमका किपर्सन मुख्य प्रायोजक नमस्ते रेस्टुरेन्टका संचालक सुजन सापकोटा र आयोजक समुहको तर्फबाट सेर सुनारलाई पनि विशेष सम्म्मान गरियो । नेपाल मगर संघका कलाकारहरुको पन्चेबाजाको प्रस्तुतिले कार्यक्रमको माहोल उल्लासपुर्ण बनेको थियो ।

दुबई, सारजा, अजमान, रासअलखेमादेखि अबुधाबी सम्मका उल्लेख नेपालीहरु सहभागी उक्त कार्यक्रममा करिब ५ सय नेपालीहरुको उपस्थिति थियो ।

इनासका एसिया संयोजक तथा यूएईको कलाकारिता क्षेत्रका नोटिस भएका बहुआयामिक ब्याक्तित्व आशिस पुरुष र फुजेराका कुशल प्रस्तोता अमित विस्वकर्माले संचालन गरेको कार्यक्रममा यूएईमा श्रमरत नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?