+

तेक्वादोका स्वर्ण पदक विजेता खेलाडीलाई बुटवलमा भव्य स्वागत

२०७५ वैशाख  १७ गते १८:१५ २०७५ वैशाख १७ गते १८:१५
तेक्वादोका स्वर्ण पदक विजेता खेलाडीलाई बुटवलमा भव्य स्वागत

१७ वैशाख, बुटवल । जापानमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेर फर्किएका खेलाडीलाई सैनामैना नगरपालिकामा भव्य स्वागत गरिएको छ ।

जापानमा स्वर्ण पदक जितेर फर्किएका सैनामैनाका तेक्वान्दो खेलाडी सञ्जय पुन, आशिष चौधरी, विसन बिकसहितका खेलाडीहरुलाई स्थानीयवासीले पञ्चेबाजाले स्वागत गरेका हुन् । पदक जितेर फर्केका खेलाडीलाई बुटवलको जितगढीमै आएर स्थानीयले स्वागत गरेका हुन् ।

गएको आइतबार -२२ अपि्रलमा) जापानको ओसाका साकाई सिटीमा भएको १६ औं वाटा आईसीटीओ खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१८ मा सैनामैनाका विद्यार्थी सञ्जय पुनले कोरिया, जापान र ब्राजिलका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पदक हात पारेका थिए ।

यस्तै विद्यार्थी आशिष चौधरीले भारत र जापानका खेलाडीहरुलाई फाइनलमा हराएर स्वर्ण पदक हात पारेका थिए । यसैगरी सैनामैनाकै विसन बिकले जापान र भारतका खेलाडीहरुलाई हराएर अर्को स्वर्ण पदक हात पारेका थिए ।

विभिन्न २१ देशका एक हजार बढी खेलाडीहरुले सहभागिता जनाएको उक्त आईसीटीओ प्रतियोगितामा १८ केजीदेखि ७८ केजी तौल समुह खेलाडीबीचमा प्रतिस्पर्धा गराइएको थियो ।

विद्यार्थी खेलाडीलाई जापानसम्म पुग्न सैनामैना नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

लेखक
टोपराज शर्मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय