+
+

विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १४:५७

१९ वैशाख, काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गर्न विद्यार्थी संगठनका पदाधिकारी नै सहभागी भएका थिए ।

काठमाडौंसहित देशभरी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

निजी विद्यालयहरुको मनपरी रोक्नुका सट्टा प्याब्सनका पदाधिकारीहरु नै मनपरीलाई बढावा दिन लागिपरेको र पदाधिकारीहरुकै स्कुलमा मनोमानी शुल्क लिएकाले प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको हो’ उनले भने ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका प्रमुख दल निकटका विद्यार्थी संगठनले निजी विद्यालयले भर्ना शुल्क र मासिक शुल्कमा मनोमानी गरेको भन्दै आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?