+
+

साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १५:१५

१९ वैशाख, काठमाडौं । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् ।

प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए ।

उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइने प्रहरील जनाएको छ ।

प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।

लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सर्इ बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को सहयोगी उर्लाबारीका सनम शाक्यको शव बरामद गरेसँगै महाशाखाको टोलीले पक्राउ गरेको व्यक्तिहरूले अाफैं पनि पीडित भएको जिल्ला प्रहरी कार्यालय, मोरङमा बयान दिएका थिए ।

घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो पनि पढ्नुहोस्

साढे ३३ किलो सुन प्रकरणः प्रहरीमाथि नै अनुसन्धान थालियो

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?