+
+

निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १६:३५

२० वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने जनाएका हुन् ।

‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं’ उनले भने ।

एन-प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने बताए । ‘मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिँडिसक्यो, हाम्रा विद्यार्थी संगठनहरुले ताला लगाउने आन्दोलन फेर्न सक्नुभएन, हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निक्कै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छाैं मात्रै भनेर हुन्छ ?’

नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् । ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय मागिरहेका छौं तर उहाँले भेटको लागि समय दिनुभएको छैन ।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने बताए । अनेरास्ववियूका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले मनपरी रुपमा बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?