२१ वैशाख, काठमाडौं । २ वर्षदेखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ संकलन गरिएको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।
यातायात दुर्घटनामा राई दुई वर्षदेखि जेलमा छन् । तोकिएको ९५ लाख जरिवाना तिर्न नसक्दा प्रेमबहादुर रिहा हुन सकेका छैनन् ।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई हस्तान्तरण गरेका हुन् ।
सोअवसरमा प्रधानमन्त्री ओलीले प्रेमबहादुरको रिहाइका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।
उनले नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिबी हटाउन आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4