+
+

चियादेखि पपकर्नसम्मः जसले क्यान्सर गराउनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते १०:४७

व्यस्त जीवनशैलीका कारण हामीमध्य प्रायः बाहिरकै खानेकुरा खान्छौँ । यस्ता खानेकुरा खाँदा जति मीठो हुन्छ, स्वास्थ्यका लागि त्यति नै हानिकारक हुने गर्दछ । यस कुराबारे थाहा हुँदाहुँदै पनि समय अभावका कारण हामी त्यस्ता खानेकुरा खान बाध्य हुन्छौँ, जसका कारण हामीलाई ज्यानै जानेसम्मको रोग लाग्ने गर्छ । त्यस्ता खानेकुरामा चियादेखि पपकर्नसम्म पर्छ । जसको सेवनले शरीरमा क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्छ ।

माइक्रोवेभमा तयार पारिएको पपकर्न

बनाउन सजिलो तथा स्वादिलो हुने भएकाले माइक्रोवेभमा तयार पारिने पपकर्न धेरैको रोजाइमा पर्दछ । जब कि पपकर्नको अत्यधिक सेवनले फोक्सो कमजोर हुनसक्छ ।

विशेषगरी, माइक्रोवेभमा पपकर्न तयार पार्दा यसले थुप्रै प्रकारका केेमिकल्स उत्पादन गर्छ, जुन पपकर्नमा रहेको तेल, बटर एवं पपकर्नसित मिलेर पेटमा पुग्छ र फोक्सोमा असर पार्दछ ।

कार्बोनेटेड ड्रिंक्स

डिब्बाबन्द विभिन्न पेय पदार्थ कार्बोनेटेड डि्रक्स अन्तर्गत पर्दछ । कार्बोनेटेड ड्रिक्सहरूमा काकाकेला, फान्टा, स्प्राइट लगायतका पेय पदार्थ पर्दछ । विशेषगरी बोतलमा बन्द गरेर राखिने फिँजयुक्त ड्रिंक्सको सेवनले शरीरमा क्यान्सर हुने सम्भावना बढाउँछ । यस्ता पेय पदार्थ पिउँदा हामीलाई जति आनन्द आउँछ, स्वास्थयका लागि यो त्यति नै हानिकारक हुने गर्छ । विशेषगरी यसमा पाइने हाई फ्रोट्रोज कर्न सिरप, केमिकल्स तथा रङ्ग शरीरका लागि हानिकारक मानिन्छ ।

भेजिटेबल आयल

हिजोआज बजारमा विभिन्न प्रकारका भेजिटेवल आयल पाइन्छन् । यस्ता भेजिटेवल आयललाई धेरैले खानयोग्य पनि मान्दछन् । यस्ता आयल (तेल) पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

विभिन्न प्रकारका भेजिटेवल आयलमध्ये केहीमा ओमेगा ६ रहेको हुन्छ । यसको नियमित सेवन क्यान्सरको कारण बन्न सक्छ ।

हट डग

हट डगमा पोर्क मिट, चिकन, सोडियम नाइट्राइट, सोडियम एस्कोब्रेट, सोडियम फास्फेट, सोडियम ल्याक्टेट लगायतका पदार्थ हुन्छन् । यस्ता पदार्थयुक्त एउटा हट डगको सेवनले मात्र पनि पेटको क्यान्सर हुने खतरा १८ प्रतिशतसम्मले बढ्ने अमेरिकन क्यान्सर इन्स्िटच्युटले गरेको क्यान्सर सम्बन्धी अनुसन्धानबाट पुष्टि भएको छ ।

चिया

नेपालीहरू चिया भनेपछि हुरुक्कै हुन्छन् । हुरुक्क पनि यति कि उनीहरू तात्तातो चिया खानसमेत पछि पर्दैनन् । बि्रटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार ५० डिग्रीभन्दा तातो चिया पिउनाले अन्ननलीमा असर पार्छ । जसका कारण अन्ननली (इसोफेगस)को क्यान्सर हुने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?