+
+

इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता, हिरा बन्यो विजेता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते १८:३३
तस्वीर सौजन्यः सुकन्या कुम

२९ वैशाख, विराटनगर । सुन्दरी प्रतियोगिता हुनु कुनै नौलो रहेन । तर, भैसी सुन्दरी प्रतियोगिता एको भन्ने सुन्दा अच्चम लाग्न सक्छ ।

सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ ।

वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे हिरा नाम दिइएको भैँसीले पहिरिएको छ ।

इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीलाई जित्ने विजेता बनेको हो । विजेतालाई ११ हजार नगद दिइएको छ ।

यस्तै इटहरीका नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो हुँदै ९ हजार नगद जितेको छ । इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ ।

प्रतियोगितामा जिल्लाका तीन दर्जन वढी भैसीलाई प्रतिस्पर्धामा उत्रिरिएको थियो । किसानलाई उत्साहित गर्न भैसी सुनदरी प्रतियोगिता गराइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।

भैसी सुन्दरी प्रतियोगितामा भैसीको स्वास्थ्य, सफाइलाई आधार मानेर छनौट गरिएको थियो । प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको बिमाको ब्यवस्था पनि गराइएको थियो ।

प्रतियोगितामा इटहरी वडा नं १, २, ३, ४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएका आयोजक संस्थाले जनाएको छ । सबै भैंसीलाई अथितिको विल्ला भिराइएको थियो । पहिलो पल्ट नौलो किसिमकोसुन्दरी प्रतियोगिता भएकाले हर्ने आउनेहरुको घुइँचो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?