३० वैशाख, झापा । झापाको मेचीनगर–७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै बम विष्फोट भएको छ । ग्यारेजमा पार्किङ गरी राखेको सुर्योदय यातायातको बसलाई लक्षित गरी बम विष्फोट भएको हो ।
आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यसैबीच, धनकुटा–९, रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बरको मोबाइल गाडीमा ढुङ्गा प्रहार भएको छ।
कोशी राजमार्ग अन्तरत धरान– धनकुटा सडकखण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजाने क्रमममा माथिबाट अज्ञात समूहले ढुंगा हानेको हो ।
ढुङाले लागेर प्रहरीको भ्यानमा अगाडी पट्टी सामान्य क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4