+

खानापानमा ख्याल राख्दा पनि कलेजो जोगाउन सकिन्छ, तर कसरी ?

२०७५ वैशाख  ३० गते १७:१९ २०७५ वैशाख ३० गते १७:१९
खानापानमा ख्याल राख्दा पनि कलेजो जोगाउन सकिन्छ, तर कसरी ?

खानपानका सोखिन मानिस धेरै हुन्छन् । खानापान भनेपछि उनीहरू जे पनि खाने गर्दछ । विना कुनै सोच विचार जे भेट्यो, त्यही खाने गरेकै कारण यस्ता व्यक्तिलाई तौल बढ्ने लगायतका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या हुने गर्छ । त्यसमध्ये एउटा समस्या कलेजोको खराबी पनि हो । शरीरको आवश्यकता भन्दा बढी मात्रामा खानेकुरा सेवन गर्नाले फोक्सो तथा मिर्गौलामा असर पर्नुका साथै कलेजो समेत खराब हुने गर्छ । आखिर आवश्यकभन्दा बढी खानेकुराले कलेजो कसरी खराब गर्छ ? र  यसबाट बच्ने के गर्ने ?

कलेजो र यसको आवश्यकता

कलेजो मानव शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । यो मानव शरीरको माथिल्लो भागमा हुन्छ । यसले खाना पचाउनुका साथै शरीरमा कैयौ प्रकारका महत्वपूर्ण कार्य गर्दछ । त्यसमा पनि यसको सबैभन्दा महत्वपूर्ण कार्य भनेको यसले पित्तको उत्पादन गर्दछ । पित्त एक तरल पदार्थ हो, जुन पित्तथैलीमा जम्मा भएको चिल्लो तथा वोसोलाई पचाउन मद्दत गर्छ । यसले रगतलाई छान्न समेत मद्दत गर्छ । विशेषगरी कलेजोले कार्बोहाइडे्रट्सलाई ग्लाइकोजेनको रूपमा जम्मा गर्छ र आवश्यक परेको बेलामा त्यसलाई ग्लूकोजको रूपमा निकाल्छ ।

कलेजोले हामीले सेवन गर्ने खराब तत्वलाई निष्त्रिmय बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण हुनबाट तथा रक्तश्राव हुनबाट जोगाउँछ । कलेजोले नै शरीरका लागि आवश्यक पर्ने भिटामिन, मिनरल्स भण्डारण गर्ने भएकाले कलेजोले सही तरीकाले काम गरोस् भन्नका लागि कलेजोलाई स्वस्थ राख्न जरुरी छ ।

धेरै खाँदा कलेजोमा कसरी हुन्छ असर ? 

अत्यधिक मात्रामा वोसोयुक्त आहारको सेवनले रक्तनलीमा वोसो जम्ने गर्छ, र कलेजोले सही तरिकाले काम गर्न नसक्दा शरीरमा विषाक्तता जम्मा हुने गर्छ । यतिमात्र हैन, आवश्यकता भन्दा धेरै परिमाणमा खाना खाँदा पेट तथा तौल बढ्ने गर्छ । खानामा पनि एनिमल फ्याटको अधिक सेवनले  कलेजोको आर्टरी मोटो हुने गर्छ, जसका कारण पित्तथैलीमा पत्थरी हुने सम्भावना बढ्छ । आवश्यकता भन्दा बढी खानाको सेवनले बोसो पचाउन समस्या हुनुका साथै तौल घटाउन समेत गार्‍हो हुन्छ ।

खानपान

कलेजोलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिन जरुरी छ । कलेजो स्वस्थ राख्न आवश्यकता अनुसार मात्र खाना खाने, सन्तुलित भोजन गर्ने, कलेजोलाई स्वस्थ राख्ने तत्वको सेवन गर्ने तथा बोसोयुक्त खानेकुरा कम खानृ गर्नुपर्छ । मधुमेह वा मोटोपनाको  समस्या हुने व्यक्तिले चिकित्सकको सल्लाह अनुसार डाइट चार्ट फलो गर्ने तथा खाना खाँदा थोरै तर पटक पटक खाने गर्नु पर्दछ  ।

जीवनशैली

जीवनशैलीमा साधारण परिवर्तन गरेर पनि कलेजो सम्बन्धी समस्याबाट जोगिन सकिन्छ । जीवनशैली परिवर्तन गर्ने भन्नाले सन्तुलित आहारको सेवन, पर्याप्त निद्रा, नियमित व्यायाम भन्ने बुझिन्छ ।

व्यायाम

धेरै खाने व्यक्तिले नियमित रुपमा व्यायाम गर्न जरुरी छ । नियमित व्यायाम गर्नाले शरीरमा वजन बढ्न पाउँदैन । नियमित व्यायाम गर्दा सन्तुलित आहार सेवन गर्नुका साथै ट्रेनरको सल्लाह अनुसार खानेकुरा खान जरुरी छ । व्यायाममा गरेको सानो लापरवाहीले पनि कलेजोमा असर पर्न सक्छ ।

केही नभए

आवश्यकभन्दा बढी मात्रामा खानेकुराको सेवनले पनि कलेजो बिग्रन्छ । मधुमेह रोगका कारण कलेजो बिग्रने सम्भावना धेरै हुने भएकाले उनीहरूले खानपानमा विशेष ध्यान दिनु जरुरी छ । यसका साथै नियमित चेकजाँच गर्ने तथा  चिकित्सकको सल्लाह अनुसार नियमित औषधी सेवन गर्ने गर्नुपर्छ ।  गलत खानपानका कारण कलेजोमा गम्भीर समस्या निम्तन सक्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय