+
+

शिक्षिकाको कुटाइबाट कक्षा ५ मा पढ्ने बालकको दाँत भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३ गते १९:५७

३ जेठ, गुल्मी । गुल्मीमा शिक्षिकाको कुटाइबाट एक बालक घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाइबाट घाइते भएका हुन् ।

बिहीबार बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्ने क्रममा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना सार्वजनिक भएको थियो ।

शिक्षिकाको कुटाइबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँचिएको बताइएको छ ।

बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् ।

शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको स्वीकारेका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिकासँग् बुझ्ने क्रममा केही गल्ती भएको स्वीकारेका हुन् ।

प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछि छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?