+
+

डीआईजीको पदस्थापन र सरुवाः सीआईबीमा खड्का, मेट्रोमा नेउपाने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते २०:४९

४ जेठ, काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

बढुवा समितिको सिफारिस अनुसार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले १६ जना एसएसपी डीआईजीमा बढुवा भएका हुन् ।

डीआईजी बढुवा हुनेमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दीपक अमात्य,नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् ।

कसलाई कहाँ खटाइयो ?

गृहमन्त्रालयले गरेको डिआईजी सरुवा अनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा डिआईजी मनोज नेउपानेलाई खटाइएको छ । उनी यसअघि केन्द्रीय प्रहरी प्रवक्ता थिए ।

डिआईजी नारायणसिंह खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र पिताम्बर अधिकारीलाई विशेष व्यूरोमा पदस्थापन गरिएको छ ।

त्रिभुवन बिमानस्थलमा कमल जिटीलाई सरुवा गरिएको जनाइएको छ ।

त्यस्तै, प्रदेशहरुतर्फ प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, ३ मा दीपककुमार थापा, ४ मा दानसिंह बोहरा, ५ मा शेरबहादुर बस्नेत र कर्णालीमा सुरेशबिक्रम शाहलाई खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?