+
+

मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७५ जेठ ५ गते १६:१३


५ जेठ, बुटवल । पश्चिम नवलपरासकिो बर्दघाट त्रिवेणी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा जुध्दा तीनजनाको ज्यान गएको छ ।

दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बर्दघाट नगरपालिका-१४ का १८ वषिर्य आशिष बीसी, बर्दघाट १६ का १८ वषिर्य अजित सिंह ठकुरी र बर्दघाट १६ कै सन्तोष न्यौपाने रहेका छन् ।

बीसी र न्यौपानेको पृथ्वीचन्द्र अस्पताल परासी र ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

बर्दघाटबाट त्रिवेणी जांदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु १० प४४३५ नंको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बर्दघाट १४ का २३ वषिर्य राजकुमार बीसी घाइते भएका छन् । उनको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?