+
+

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको सनाखत

अनिल खत्री अनिल खत्री
२०७५ जेठ १८ गते २०:४६

१८ जेठ, गुल्मी । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन-४ का कृष्णबहादुर बोहोरा, तानसेन-३ का छत्रराज शाक्य, तानसेन-६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन-६ का दुर्गाबहादुर सारु, तानसेन-३ का देवेन्द्रलाल प्रधान, तानसेन-३ का कृष्णमान बज्राचार्य, तानसेन-६ का सचिव बज्राचार्य, तानसेन-२ का लोकप्रसाद ढकाल, तानसेन-३ की बसन्ती खाँण, तानसेन- ६ का गीता बुढाथोकी, तानसेन-३ की कमला कार्की र तानसेन-५ की दुर्गा श्रेष्ठ रहेका छन् ।

सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।

यस्तै घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन (सहचालक), तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा (चालक) र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् ।

घाइते प्रविन बज्राचार्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?