+
+

सुनकाण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते ११:३७

२० जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले अाफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियाे ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा अात्मसमर्पण गरेका थिए । गोरेले खत्रीलार्इ पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा इन्कारी बयान दिए ।

उनले प्रहरीकै एउटा गुटले अाफूविरुद्ध षड्यन्त्र गरेकाे दाबी गरेका थिए ।

यो पनि पढ्नुस् 

गोरेको बयान : म त सामान्य हुँ, सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?