+
+

प्रदेश ३ संसद् बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते ८:३१
फाइल तस्वीर

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश ३ को आज बस्न लागेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रदेश ३ को संसद सचिवालयले आज बस्न लागेको प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेकाे जनाएको छ ।

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै विकास तथा सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् । यसअघि प्रधानमन्त्री ओलीले वैशाख १६ मा प्रदेश ५ को सभालाई सम्बोधन गरेका थिए । उनले अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?