+
+

कतारमा नेपालीलाई मृत्युदण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १७:२८
सा‌ंकेतिक तस्वीर

२१ जेठ, काठमाडौं । कतारमा एक जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

नेपाली नागरिक अनिल चौधरीलाई कतारी नागरिक उमिर मोहम्मद उमिर अल रम्जानी अल नाउमीको हत्या आरोपमा कतारको प्राइमरी कोर्टले मृत्युदण्डको सजाय सुनाएको हो ।

प्राइमरी कोर्टका तीन जना न्यायाधीशको संयुक्त इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

कतारी नागरिकको हत्या आरोपमा महोत्तरी औरहीका चौधरी सन् २०१७ को अप्रिलमा पक्राउ परेका थिए ।

उनलाई कतारको सेन्ट्रल जेलमा राखिएको छ । अदालतको फैसलाविरुद्ध चौधरीको जीवन रक्षाको माग गर्दै नेपाली दूतावासले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?