३० जेठ, काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि ‘चियर योर टिम’ नामको अफर ल्याएको छ ।
घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजा लिने मात्रै नभएर हरेक अर्डरसँग खेलको नतिजा अनुमान गर्न पाउनेछन् । सही उत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने छन् ।
विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ, उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टिभि उपहार स्वरुप पाउने छन् । यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशतसम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4