+
+

प्रदेश २ ले दिएको सार्वजनिक विदा सरकारी कार्यालयले नै मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १८:२०


३ असार, सप्तरी । इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिए पनि सरकारी कार्यालयले नै अवज्ञा गरेका छन् ।

मुस्लिम धर्माबलम्बीको मुख्य पर्व इदको अवसर पारेर आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिए पनि कतिपय सरकारी कार्यालय नै सञ्चालन भएका छन् ।

सप्तरी सदरमुकाम राजविराजस्थित दुई वटा अदालत, सरकारी वकिलको कार्यालय खुल्ला रह्यो । उच्च अदालत जनकपुरको राजविराज इजलास, सप्तरी जिल्ला अदालत, सरकारी वकिलको कार्यालयका साथै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड पनि आइतबार खुला रहृयो । यसबाहेक निजी क्षेत्रका बैंकहरु समेत सञ्चालन भएको छ ।

प्रदेश सरकारले गरेको निर्णयबारे माथिल्लो निकायले कुनै जानकारी नगराउँदा कार्यालय सञ्चालन गरेको कर्मचारीहरुले बताएका छन् ।

जिल्ला अदालतका मुख्य न्यायाधीश हरिशचन्ऽ ढुंगानाले जिल्ला बारको आग्रहमा पेसी बाहेकका सम्पूर्ण क्रियाकलाप सञ्चालन भएको बताए । उनले सर्वोच्च अदालतले विदाबारे निर्देशन जारी नगरेका कारण बन्द गर्न नमिलेको बताए ।

यद्यपि जिल्ला प्रशासन कार्यालयलगायतका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरु भने बन्द रह्यो ।

मुस्लिम धर्माबलम्बीको ठूलो पर्व इदका लागि भन्दै प्रदेश सरकारले आइतबार विदा दिने निर्णय गरेको थियो । विदा दिने निर्णय गरे पनि सरकारी कार्यालयहरु नै खुल्नु सरकारी निर्णयको अवमूल्यन भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

उनले केही सरकारी कार्यालयले अहिले पनि प्रदेशको निर्णय नमानेर संघीयता स्वीकार गर्न नचाहेको बताए । मन्त्री साहले सम्पूर्ण कार्यालय र संघसंस्थालाई आफ्नो नियन्त्रणमा ल्याउन प्रदेश सरकारले बाध्यकारी नियम बनाएर अघि बढ्ने बताए ।

यसअघि प्रदेश २ को सरकारले सीता जयन्तीको दिन वैशाख ११ गते र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते पनि प्रदेश सरकारले प्रदेशमा बिदा दिएको थियो । उक्त बिदामा समेत प्रदेशका अधिकाशं कार्यालयहरु खुलेका थिए ।

केन्द्र सरकारले इद पर्वको विदा कटौती गरेको छ । तर त्यसको विरोध भइरहेका बेला प्रदेश २ सरकारले भने विदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?