+
+

काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ७ गते ८:१६


७ असार, काभ्रे । काभ्रेको धुलिखेलमा काकाको खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

धुलिखेल नगरपालिका १० का ४० वर्षीय दीपक शाह ठकुरीकाे खुकुरी प्रहारबाट उनका भतिज महेश शाह ठकुरी गम्भीर घाइते भएका  हुन् ।

धारामा फोहोर गरेको विषयमा विवाद हुँदा दीपकले भतिज महेशमाथि खुकुरी प्रहार गरेकाे गरेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चाेट लागेकाे छ ।

धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको छ ।

प्रहरीले खुकुरी प्रहार गर्ने दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?