७ असार, काभ्रे । काभ्रेको धुलिखेलमा काकाको खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
धुलिखेल नगरपालिका १० का ४० वर्षीय दीपक शाह ठकुरीकाे खुकुरी प्रहारबाट उनका भतिज महेश शाह ठकुरी गम्भीर घाइते भएका हुन् ।
धारामा फोहोर गरेको विषयमा विवाद हुँदा दीपकले भतिज महेशमाथि खुकुरी प्रहार गरेकाे गरेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चाेट लागेकाे छ ।
धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको छ ।
प्रहरीले खुकुरी प्रहार गर्ने दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4