+

मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा

२०७५ असार  १३ गते २:०७ २०७५ असार १३ गते २:०७
मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा क्राएसिया नहार्नु पर्ने थियो । यो खेलमा गोलकिपर क्याबलेरोको स्थानमा अरमानीलाई खेलाइएको थियो भने सर्जिओ एग्युरोलाई बेञ्चमा राखेर हिगुइनलाई सुरुवाति ११ मा ल्याइएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि  १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो ।

जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोल गरेका थिए ।

खेल १-१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् ।

आइल्याण्डलाई हराउने क्रममा २ गोल गरेका अहमद मुसाको पनि केही लागेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय