+
+

ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सकियो

चन्द्र आले चन्द्र आले
२०७५ असार १३ गते १२:१०

१३ असार, काठमाडौं । ११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । बसन्तपुरस्थित गद्दी बैठक २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

रेट्रोफिटिङ गरेर पुनिनिर्माण गरिएको गद्दी बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान उदघाटन गरे ।

विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा गद्दी बैठक निर्माण भएको थियो । त्यसलाई पुनर्निर्माण गर्दै पुरानै स्वरुपमा फर्काइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो ।

झण्डै डेढ वर्ष लगाएर गद्दि बैठकको पुनर्निर्माण गरिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?