+
+

तयार भयो हनुमानढोका गद्दी बैठक (९ तस्वीर)

चन्द्र आले चन्द्र आले
२०७५ असार १३ गते १६:३०

१३ असार, काठमाडौं । हनुमान ढोका दरबार स्क्वायरस्थित गद्दी बैठक भवनको जिर्णोद्धार सकिएको छ विश्वसम्पदा सूचीको सो भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान  दिई मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।

एएफसिपीको दुई लाख अमेरिकी डलर सहयोगमा भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपिटी)ले नेवारी शैलीका यी स्मारकको जीर्णोद्धार र प्रवलीकरण सम्पन्न गरेको हो । एएफसिपी कार्यक्रमले विश्वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । एएफसिपी अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रम हो ।

यस सम्पदास्थलको जीर्णोद्धारमा भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इञ्जिनियरले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्त आर्किटेक्टसँग सहकार्य गरेका थिए । गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री र विधि प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत पिटर मालनाकले हनुमानढोका दरबार क्षेत्रमै अवस्थित १७ औँ  र १८ औँ शताब्दीमा निर्माण भई हालै जीर्णोद्धार तथा पुनःनिर्माण गरिएका महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरको समेत उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?