+
+

प्रदेश सरकार महिलामैत्री छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १६:४८

१३ असार, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार महिलामैत्री भएको बताएका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अभियान मार्फत छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गरी महिलाको लागि प्रत्येक क्षेत्रमा ५० प्रतिशत आरक्षण दिएको बताए ।

महोत्तरीको बर्दिवासमा न्यायिक समितिको क्षेत्राधिकार र कार्यान्यवन सम्बन्धी अनुशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले निर्माण गरेको प्रहरी ऐनमा समेत ५० प्रतिशत महिला राख्ने, निजामती सेवा समेत महिलालाई ५० प्रतिशत सिट सुरक्षित गर्ने योजना रहेको जानकारी दिए ।

महिलाहरु न्यायका मुर्ति रहेको भन्दै आफ्नो अधिकारको लागि अगाडि बढ्नुपर्ने भन्दै त्यसको लागि प्रदेश सरकार संगै रहेको बताए । हरेक मान्छेमा क्षमता हुन्छ, समाजले अवसर नदिएको भन्दै अधिकारबाट कोही कसैलाई पनि बञ्चित हुनुनपर्ने बताए ।

प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले प्रदेशमा महिला हिंसाको घटना न्युनीकरण गर्न प्रदेश सरकारले हेलो सिएम र महिलाका गुनासो सुन्न मोवाइल एप लागू गर्न लागेको जानकारी गराए । दुबै साउन भित्रै सुरु गरिने बताए ।

प्रदेशमा दाइजो, बोक्सी, घरेलु हिंसाको नाममा महिलामाथि हिंसा बढेको छ । हिंसामा परेको महिलाहरु प्रहरी कार्यालय गएर उजुरी गर्न अप्ठेरो मान्ने प्रवृत्तिको कारण प्रदेश २ मा महिला हिंसाको घटना बढेका विभिन्न महिला अधिकारकर्मीहरुले बताएका छन् ।

महोत्तरीको बर्दिवासमा न्यायिक समितिको क्षेत्राधिकार र कार्यान्यवन सम्बन्धी अनुशिक्षण कार्यक्रममा धनुषा, महोत्तरी, सर्लाहीका ४० भन्दा बढी स्थानीय तहका उपप्रमुखहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?