+
+

गुल्मीमा महिलाका दुईवटा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १५ गते १६:०३

१५ असार गुल्मी । गुल्मीमा एकजना महिलाको बेवारिसे शव फेला परेको छ ।

मुसिकोट नगरपालिका-८ वामी रुक्से बाटो नजिकै शुक्रबार अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

शव कहाँको र कसको हो भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरामकुमार द्धिबेदीले जानकारी दिए । शवको पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक द्धिबेदीले बताए ।

बिहीवार पनि जिल्लाको कालिगण्डकी गाउँपालिका- ४ पूर्तिघाटस्थित कालिगण्डकी नदी किनारमा एक युवतीको शव फेला परेको थियो ।

कालिगाण्डकी खोला किनारमा फेला परेको शवको केही भाग कालो, डढेको जस्तो र नग्न अबस्थामा रहेको थियो ।

गुल्मीसँगै पर्वत र बाग्लुङ्ग सिमाना पर्ने भएकाले शब खोलाले बगाए ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शव पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेको पनि अझै पहिचाहन हुँन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?