+
+

दम्भ नदेखाउन ओलीलाई बैद्यको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २० गते १६:३८
फाइल फोटो

२० असार, काठमाडौं । नेकपा  (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् ।

महासचिव बैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैद्यले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री ओलीले करिव १३ अर्ब व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न नसुहाउने उनको तर्क छ ।

महासचिव बैद्यले जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भीर आघात पारेको भन्दै प्रचण्डको चर्को आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?