+
+

यौन सम्पर्क लुकाउन काभ्रेमा फुपूद्वारा भदैको हत्या

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७५ असार २१ गते ९:३०


२१ असार, काभ्रे । यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेकाे खुलेकाे छ । तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलार्इ एलिसाले बाख्राकाे खाेरमा अापत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाकाे हत्या गरेकाे प्रहरी भनाइ छ ।

काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले  फुपू र मन्सुर मिलेर बालिकाकाे हत्या गरेकाे प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको अनलाइनखबरलार्इ जानकारी दिए   ।

मन्सुर हत्या गरिएकी बालिकाको घरमा केही समयदेखि बस्दै आएका थिए ।

प्रहरीले हत्यामा संलग्न दुवैलाई पक्रेर अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?