+
+

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १४:०२


२१ असार, कैलाली । बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए ।

विहीबार विहान वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेेको थियो । घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले मृतकका छोराछोरीसंग बुझ्दा गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए ।

लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?