+
+

राजधानीका यी क्षेत्रमा आज हुनेछ लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते ९:२८


२२ असार, काठमाडौं । बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । बिहान ७ बजेदेखि गएको बत्ती साँझ पाँच बजेपछि मात्रै आउने छ ।

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गरिएको छ ।

बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द छ ।

यस्तै बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?