+
+

मप विश्वविद्यालयमा आमरण अनसन बसेका विद्यार्थी अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १२:५९

२२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयमा आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थीको अवस्था नाजुक बनेपछि अस्पताल भर्ना गरिएको छ ।

तीन दिनदेखि आमरण अनसन बसेकामध्ये रोशन बस्नेतको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार विहान वीरेन्द्रनगरको देउती अस्पतालमा भर्ना गरिएको नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । डाक्टरका अनुसार बस्नेतको मुटु र मिर्गाैलामा समस्या छ ।

विभिन्न ७ बुँदे माग राखेर २१ दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले माग पूरा नभएपछि गत बुधबारदेखि अनसन सुरु गरेका थिए ।
यता नेपाल विद्याथर्थी संघले विज्ञप्ति प्रकाशित गरी आमरण अनुसनमा बसेका विद्यार्थीहरुको जीवन रक्षाको माग गरेको छ ।

महासचिव कुन्दन काफ्लेले विज्ञप्ति प्रकाशित गरी विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरिए त्यसबाट उत्पन्न परिस्थतिको जिम्मेवारी विश्वविद्यालय पदाधिकारीले लिनु पर्ने भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन् ।

विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन गोविन्द लामिछानेको संयोजकत्वमा वार्ता समिति बनाएको भएपनि अधिकारविहीन भएकोले वार्ता समितिको औचित्य नै नभएको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको हठका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा परेको आन्दोलनरत विद्यार्थीले आरोप लगाएइका छन् ।

विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ विषयको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

यस्तै प्रयोगात्मक कक्षा पूर्ण रुपमा सञ्चालन गरिनुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था हुनुपर्ने, लाइब्रेरीमा पुस्तक व्यवस्था गर्नुपर्ने, विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग रोखर आन्दोलन गरिरहेका छन् ।

दैनिक कक्षामा संचालनका क्रममा आवश्यक पर्ने कुराहरुको माग गर्दा समेत विश्वविद्यालय पदाधिकारीहरुले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले अनसन सुरु गरेको बताएका छन् ।

यसअघिको आन्दोलनका क्रममा विद्यार्थीहरुलाई विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर धरपकड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?