+
+

बाटोमा पानी बगाएको निहुँमा झगडा हुँदा महोत्तरीमा ३ महिलासहित ११ घाइते

रासस रासस
२०७५ असार ३२ गते ९:२१


३२ असार, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।

त्यस्तै, पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यसैबीच, महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

दुवै युवक भारतको भिठ्ठामोड शहरबाट अवैध लागूऔषध स्पान्सनो प्रोसिभोप्लस ४० पीस, नाइट्रोसन १० पीस र पेन्टाजोसिक लेक्ट सुई पाँच थानसहित नेपाल प्रवेश गर्दा जलेश्वर नगरपालिका–३ स्थित मलिवारा चोकमा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध लागूऔषध भेटिएपछि पक्राउ परेका हुन् ।

लागूऔषधसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?