७ साउन, सिन्धुपाल्चोक । सुनकोशी नदीमा माछा मार्न जाने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।
सोमबार दिउँसो माछा मार्न सुनकोशी नदीको जुरे नजिकै गएका बाह्रविसे नगरपालिका-२ का ६० वर्षका प्रेमबहादुर तामाङ डुबेर वेपत्ता भएका हुन् ।
माछा मारेर जिविकोपार्जन गर्दै आएका तामाङ दिउँसो नदीमा माछा मार्न गएका थिए ।
माछा मार्ने जाने क्रममा एक्कासी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी विमलराज कडेलले जानकारी दिए । बेपत्ता तामाङको प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4