+
+

सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा न्यायिक समितिमा

रासस रासस
२०७५ साउन १० गते १९:१७

१० साउन, ललितपुर । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।

महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले उजुरी दिन थालेका हुन् ।

महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताए । बस्तीका बीचमा वा बस्तीका नजिकका स्थानमा पशुपालन गर्दा त्यहाँ दुर्घन्ध फैलिनेसँगै पानीमा फोहोर मिसिएको भन्ने स्थानीयवासीको गुनासो छ । यस्ता मुद्दा साबिक उपमहानगरपालिका क्षेत्रमा भन्दा साबिक गाविस क्षेत्रमा बढी छ । उनी भन्छन् ‘हामीले मेलमिलाप हुनेमा गराउने र नहुनेमा मात्रै अदालत जान भन्छौँ ।’

महानगरपालिकामा दर्ता हुन आएका मुद्दामा समितिले राष्ट्रिय प्रदूषण मापन केन्द्रलाई मापन गर्न लगाएर र आफूले पनि स्थलगत निरीक्षण गरेर मात्रै सुनुवाइ गर्दै आएको छ ।

न्यायिक समितिमा पशु बधस्थलका कारण प्रदूषण फैलिएको भन्दै मुद्दा पर्न थालेको छ । समितिको सातामा दुई दिन बैठक बसेर सुनुवाइ गर्दै आएको छ । पारिवारिक बेमेल, छिमेकमा रहेका विवादसमेत आउन थालेको समितिले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?