+
+

एकै दिनमा ६० बालपुस्तक अनुवाद

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते ९:०६

१२ साउन, काठमाडौं । असी जना बालसाहित्य लेखक, सम्पादक, प्राध्यापक तथा युवा लेखकहरूको समूह मिलेर अंग्रेजी भाषाका ६० वटा बालपुस्तक अनुवाद गरेका छन् ।

नेपालसहित एसियाका विभिन्न देशका बालपुस्तकहरू अंग्रेजी र विभिन्न देशका भाषाहरूमा अनुवाद गरिएको हो ।

अनुवादपछि पुस्तकहरुलाई डिजिटाइज गरेर वेबसाइटमा राख्ने र निःशुल्क रुपमा उपलब्ध गराउने द एशिया फाउन्डेसनको योजना रहेको बताइएको छ ।

फाउन्डेसनले गत वर्षदेखि विभिन्न देशका अंग्रेजी भाषामा प्रकाशित पुस्तकलाई नेपालीमा अनुवाद गरी वेबसाइटमा राख्दै आएको छ ।

शनिबार अनुवाद भएका पुस्तकहरू सम्पादकहरूको टोलीले सम्पादन गरेपछि वेबसाइटमा राखिने संयोजक शमिरा राजभण्डारीले बताइन् ।
कार्यक्रमको सरुमा बालसाहित्य सर्जक विनय कसजूले बालपुस्तक लेखन, सम्पादन र अनुवादका बारेमा बताएका थिए ।

सो अवसरमा त्रिभुवन विश्व विद्यालय, केन्द्रिय पुस्तकालयका पुस्तकाध्यक्ष आईपी अधिकारी, प्राध्यापक डा. अशोक थापा लगायतले कार्यक्रको उपयोगिताबारे बताएका थिए ।

एशिया फाउण्डेसनका कार्यवाहक प्रतिनिधि पाउलिन ट्विडीले कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?