+
+

राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १४ गते ७:३९

१४ साउन, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो ।

झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् ।

परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो । राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।

गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको र भनेअनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोध हुँदाहुँदै परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।

आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेयको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल बिकास योजनाहरु बनाएर परिषद गर्न खोजेकाले वाध्य भएर विरोधमा उत्रिनु परेको पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?