+
+

दुर्गम गाउँदेखि राष्ट्रसंघको अनुभव पुस्तकमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २० गते १९:००

काठमाडौं । नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पुर्‍यायो । एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे ।

मध्यपहाडी जिल्ला गुल्मीको एउटा कमै सुनिएको गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? के कस्ता चूनौतिहरु सामना गरे ? र, अहिले नेपाली समाजले उनीबाट के कस्ता लाभहरु लिइरहेका छन् ? यी तमाम जिज्ञासाहरुको उत्तर दिनका निम्ति पब्लिकेशन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै नयाँ पुस्तक प्रस्तुत गर्नेभएको छ– ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स

पुस्तक हो कुलचन्द्र गौतमको जिवनी ।

संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निभाएका गौतमका भोगाइ नै यस पुस्तकमा समेटिएका छन् ।

पुस्तकको प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले युनिसेफमा गौतमको योगदानले संसारलाई आमा तथा वालवालिकाहरुका निम्ति अझ सुरक्षित स्थानमा परिणत गरेको उल्लेख गरेकी छिन् । ‘नेपालको शान्ति प्रकृयामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रित गर्न सघाउ पुर्‍याएको छ,’ राष्ट्रपति भण्डारीको भनाइ छ, ‘अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभव सहित नागरिक समाजको अगुवाका रुपमा योगदान दिइरहने गौतमको जीवनपथ अरुका निम्ति पनि अनुकरणीय हुनसक्छ ।’

आफ्ना सहकर्मीको जीवनी प्रकाशित हुन लागेकामा प्रसिद्ध विकास अर्थशास्त्री सर रिचार्ड जोलीले भूमिका लेख्दै विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधा सहित जन्मेकाहरुको निम्ति यो जीवनी शिक्षा हुन सक्ने औंल्याएका छन् । ‘यस पुस्तकमार्फत विश्वकै नेताहरु र सेलिब्रिटीसँगको कुलचन्द्रका रोचक र गहिरो संसर्गका आनन्द पाठकहरुले पाउने छन्,’ उनले उल्लेख गरेका छन्, ‘नेपालको एउटा गाउँबाट उठेको व्यक्तिले यति उर्जा र दूरदर्शिता प्रस्तुत गर्नसक्छ भने विश्वका अन्यत्र जन्मेका मानिसहरुभित्र यसैगरि लुकेका प्रतिभा उजागर भइदिए झन कस्तो होला ?’

पुस्तक आगामी मंगलबार सार्वजनिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?