+
+

प्रियंकाको ईंगेजमेन्टका केही किस्सा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते ८:०१

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग मुम्बईमा ईंगेजमेन्ट गरिन् । उनीहरुले कहिले बिहे गर्छन् भन्ने चाहिँ खुलासा भएको छैन ।

प्रियंकाको ईंगेजमेन्टलाई भारतीय सञ्चारमाध्यमहरुले अत्यधिक महत्वका साथ प्रशारण गरिरहेका छन् । ईंगेजमेन्टमा चर्चित सेलिब्रिटीहरु सहभागी भएनन् । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, रणवीर कपुर, रणवीर सिंह, अनुष्का शर्मा, ऐश्वर्या राय, अभिषेक बच्चन, दिपिका पादुकोण, ऋतिक रोशन, कंगना रणावत लगायत कोही पनि देखिएनन् । स्टारको नाममा आलिया भट्ट र परिणिती चोपडा मात्र थिए ।

इर्ंगेजमेन्टका अरु रोचक कुराहरु के-के थिए त ?

दीपिकाका कारण रणवीर आएनन्

प्रियंकाले ईंगेजमेन्टमा सबै सेलिब्रिटीहरुलाई निम्त्याएकी थिइनन् । छानि छानि बोलाएकी थिइन् । उनले रणवीर सिंहलाई बोलाइन् तर उनकी प्रेमिका दिपिकालाई बोलाइनन् । प्रियंका र दिपिकालाई प्रतिस्पर्धि नायिकाको रुपमा लिइन्छ । उनीहरुको सम्वन्ध पनि त्यति राम्रो छैन । रणवीर र प्रियंकाको सम्वन्ध भने राम्रो छ । उनीहरुले केही फिल्ममा सँगै काम गरेका छन् । तर, प्रेमिकालाई नबोलाएपछि रणवीर पनि किन जान्थे, गएनन् ।

पुरानो लुगामा परिणिती

प्रियंका चोपडा र परिणिती चोपडा नजिकका दिदीबहिनी हुन् । त्यसैले दिदीको ईंगेजमेन्टमा परिणिती नआउने कुरै भएन । उनी आफ्नो एउटा फिल्मको सुटिङ छोडेर ईंगेजमेन्टमा सहभागी हुन आइन् ।

तर, परिणितीले आफ्नो लुगामा भने खासै ध्यान दिइनन् । उनी पुरानो लुगा लगाएर ईंगेजमेन्टमा सहभागी भएको खुलासा भएको छ । एक  वर्षअगाडि दुबईमा आयोजित एक इभेन्टमा उनले यही वान पिस लगाएकी थिइन् । हतारले हो वा कसैले थाहा पाउला भन्ने नलागेर हो, उनी त्यही लुगामा आइन् ।

दारुको गिलास समातेर प्रियंकाको डान्स

आफ्नो ईंगेजमेन्टमा प्रियंका निकै खुशी देखिएकी थिइन् । ईंगेजमेन्टपछिको पार्टीमा उनी दारुको गिलास समातेर अंग्रेजी गीतमा डान्स गरिरहेको भिडियो भाइरल भएको छ । यो भिडियोमा निक जोनस पनि देखिएका छन् । उनी प्रियंका नाचेको भिडियो खिच्न तल्लिन देखिन्छन् । भिडियोमा प्रियंकाका केही साथीहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?