
४ भदौ, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।
‘केही सोधपुछ गर्नु पर्ने भएकाले हामीले ल्याएका हौं’, महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान जारी छ ।’
झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए । ‘दुई जना माली भने हप्तामा दुई/तीन दिन सरसफाइका लागि आउने गरेका थिए’, स्रोतले भन्यो, ‘तामाङले पालेको रुपमा पनि काम गर्थें ।’
झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् ।
उनीहरु दुवै चिकित्सक हुन् । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।
प्रतिक्रिया 4